प्याज लोड गरेको ट्रकबाट ९० बोरा अवैध कपडा बरामद


बाठमाडौं – हेटौँडाको चुरियामाई प्रमुख नाकाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलि गरेर ल्याइएको कपडा सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरकी इन्चार्ज वरिष्ठ प्रहरी निरीक्षक मञ्जु कुमारी रानाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले आइतबार प्याज लोड भएको भारतीय ट्रकबाट ९० बोरा अवैध कपडा सहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ट्रक चालक भारत पञ्जाब राज्य लोदियान जिल्ला ग्राम रसलपुर वडा नं.७ बस्ने ३३ वर्षीय रन्जौद सिंह र सह–चालक बिहार राज्य मोजफरपुर जिल्ला ग्राम माहामाद बस्ने २६ वर्षीय सुधिर मुकार सहनी रहेका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको बीआर ०६ जिई ५०५३ नम्बरको भारतीय ट्रकलाई प्रहरीले आइतबार साँझ हेटौँडा–१५ स्थित रातमाटे चेकपोष्टमा रोकेर चेकजाँच गरेको थियो।

प्रतिक्रिया