

शतकबाट चुके कुशल, आशिफको अर्धशतकसहित नेपाल बलियो अवस्थामा

काठमाडौं – जिम्बाबेविरुद्ध कुशल भुर्तेलले शतकबाट चुकेका छन् । उनी ९९ रनमा बोल्ड आउट भएका हुन् ।
नेपालले अहिले ३२ ओभरमा बिना एक विकेटको क्षतिमा १७१ रन बनाएर खेलिरहेको छ । उनी आउट भएसँगै कुशल मल्ल मैदानमा आएका छन् ।
नेपालका लागि आशिफ शेखले पनि अर्धशतक हानेका छन् । आशिफले ९६ बलमा ६५ रन बनाएर खेलिरहेका छन् ।
विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले जिम्बाबेको सामना गरेको हो । जिम्बाबेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।

