

आशिफ शेखले पनि हाने अर्धशतक, कुशल शतक नजिक

काठमाडौं – जिम्बाबेविरुद्ध आशिफ शेख अर्धशतक प्रहार गरेका छन् ।
जिम्बाबेमा जारी खेलमा आशिफ ८२ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनी अहिले ८३ बलमा ५५ रन बनाएर खेलिरहेका छन् ।
नेपालले अहिले २८ ओभरमा बिना कुनै विकेटको क्षतिमा १५४ रन बनाएर खेलिरहेको छ ।
कुशल भुर्तेलले ९२ रन बनाएर खेलिरहेका छन् । विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले जिम्बाबेको सामना गरेको हो । जिम्बाबेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।

