भुवनको गीतमा गरिबी पीडा


काठमाडौं– गायक भुवन प्यासीको गीत ‘यसपालीको दशैं तिहार’ को भिडियो सार्वजनिक गरिएको छ । कोरोनाले गर्दा गरिबलाई दशैं तिहार मनाउन निकै गाह्रो रहेको रहेको कथा भिडियोमा देखाइएको छ । राम नेपालको शब्द रहेको गीतमा गायक भुवन प्यासीको संगीत रहेको छ । गीतलाई राजेन्द्र बजगाईले एरेन्ज गरेका हुन् ।

भिडियोमा राम नेपाल, भुवन प्यासी, लक्ष्मण नेपाल, प्रकृति लामिछाने, रेबिका गिरि र अबी खनालको अभिनय रहेको छ । भिडियो गायक प्यासीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

राम नेपालको  निर्देशन र सम्पादन रहेको भिडियोमा सन्तोष सुनारको छायांकन, मुक्ति कँडेलको ड्रोन, कमलचन्द्र भगतको निर्माण छ । गायक भुवनको यसअघि ‘हे बरै’, ‘माईली’, ‘हल्का हल्का’, ‘ट्राफिक जाम’ गीतहरु बजारमा आइसकेका छन् ।

प्रतिक्रिया