बनेपाको रोयल बारका सञ्चालक मानन्धरको स्पष्टोक्ति, ‘कुटपिट घटनामा रोयलको संलग्नता छैन’


काभ्रे – काभ्रेको बनेपास्थित रोयल लाउन्जबारका सञ्चालक प्रविण मानन्धरले केही दिन अगाडिको घटनामा आफ्नो बारको कुनै सम्बन्ध नरहेको जनाएका छन् । केही दिन अघि रोयल लाउन्जबारबाट बाहिर निस्किएका शुक्र लामालाई कुटपिट गरेर घाइते अवस्थामा फेला पारि बारका कर्मचारी र स्थानीयले उपचारका लागि अस्पताल लगेको कुरा मानन्धरले जनाएका छन् ।

मानन्धरले निज शुक्र लामाको रोयल लाउन्जसँग कुनै पनि व्यावसायिक सम्बन्ध नरहेको पनि स्पष्ट पारेका छन् । यसअघि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरुमा सो लाउन्ज बारको सञ्चालक शुक्र लामाको रहेको समाचार प्रकाशित भए पनि त्यसलाई खण्डन गर्दै उक्त बारको सञ्चालक आफू भएको मानन्धरले दाबी गरे ।

सो घटनाका सम्बन्धमा आफ्नो बारको कुनै पनि सम्बन्ध नभएको र आफू  सञ्चालक रहेको बारको सञ्चालकको नाममा अन्य व्यक्तिकै नाम जोडिएकोमा मानन्धरले स्पष्टोक्ति समेत दिएका छन् ।

उनले उक्त घटना बनेपाको संगम मार्गस्थित बेलर स्कुलको अगाडि भएको समेत जनाए । उनले घटनासँग रोयल लाउन्जबारको कुनै पनि सम्बन्ध नभएको समेत प्रष्ट पारे ।

घटना बारे बताउँदै मानन्धरले भने, ‘रोयल लाउन्जबाट निस्किएर घर जाने क्रममा शुक्र लामालाई ४/५ जनाको समूहले टाउकोमा हेलमेट प्रहार गरी घाइते बनाएको अवस्थामा फेला पारी रोयलको कर्मचारी अनि स्थानीयले उद्दार गरी अस्पताल लगेका हुन्, यस घटनामा रोयल लाउन्ज बारको कुनै संलग्नता पनि छैन र ती शुक्र लामाको यस बारसँग कुनै व्यावसायिक सम्बन्ध पनि छैन ।’

सो कुटपिटमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया