संसद् विघटनकाे विराेधमा नागरिक खबरदारी


काठमाडौं – संसद् विघटन विरुद्ध नागरिक खबरदारी गरिएको छ। प्रजातान्त्रिक बिचार समाजको आयोजनामा शुक्रबार माइतीघर मण्डलमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक खबरदारी गरिएको हो।

विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गर लगायत नारा लेखिएको प्लेकार्डसहित उपस्थित नागरिक समुहका अगुवाहरुले संसद विघटनको कदमको बिरोध गरेका छन् ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध सबै बुद्धिजीवी एकै ठाउँमा आउनुपर्ने बताएका हुन् । उनले सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको बताए ।

प्रतिक्रिया