ओलीका वकिलको तर्क – ‘प्रधानमन्त्रीलाई राजा र श्री ३ बराबर अधिकार छ’


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन् । ओलीका निजी वकिल रामचन्द्र गौतम (आरसी गौतम)ले प्रधानमन्त्रीमा राजा र श्री ३ बराबरको अधिकार रहेको दाबी गरेका हुन् ।

प्रतिनिधिसभा विघटन मुद्दामाथिको सुनुवाइका क्रममा बिहीबार अधिवक्ता गौतमले संविधानले प्रधानमन्त्रीलाई राजाको जत्तिकै अधिकार रहेको तर्क गरेका हुन् । संसद् विघटन गर्ने अधिकार संसदीय प्रणालीमा हुन्छ । प्रधानमन्त्री राजाबराबर, श्री ३ बराबर हो, त्यसैले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा हुन्छ,’ उनले भने ।

राजा र श्री ३ (राणाशासकहरू) मा जत्तिकै अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको गौतमले दोहोर्‍याएका थिए ।

प्रतिक्रिया