दशैंलाई द भाइब्जको मात्र तिमी


काठमाडौं– नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले दशैंको अवसर पारेर ‘मात्र तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियोमा दीपक बमजनको छायांकन र निर्देशनमा छ । भिडियोमा व्याण्डका गितारिष्ट रुपक लामा र उनकी पत्नी इन्दिरा राईले अभिनय गरेका छन् ।भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

द भाइब्ज व्याण्डले केही अघि मात्र २० वर्षअघि नै सार्वजनिक भएको गीत ‘कुनै जादु’को अनप्लग्ड भर्सन सार्वजनिक गरेको थियो । द भाइब्ज व्याण्ड अमेरिकाको सन्तरोसामा रहेका युवाहरुले स्थापना गरेको व्याण्ड हो ।

व्याण्डले सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एलबम सार्वजनिक गरेको थियो । सन् २०१३ मा दोस्रो एलबमको हुँ म बजारमा ल्यायो । व्याण्डमा दिरेकललाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिष्ट र रुपक लामा गितारिष्ट छन् ।

प्रतिक्रिया