‘मिसन मज्नु’ बाट बलिउडमा डेब्यू गर्दे रश्मिका मंदाना


मुम्बई – साउथ चलचित्रमा सफलता पाएपछि नायिका रश्मिका मंदाना बलिउडमा डेब्यू गर्दैछिन् । उनले चलचित्र ‘मिसन मज्नु’बाट बलिउडमा डेब्यू गर्न लागेकी हुन् ।

यो चलचित्रको छायांकन लखनउबाट सुरु गरिएको छ । यो चलचित्रमा रश्मिकाको साथमा बलिउड नायक सिद्धार्थ मल्होत्राले काम गरिरहेका छन् । सिद्धार्थले सामाजिक संजालमा तस्बिर शेयर गर्दै छायांकन सुरु भएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘स्पेशल मानिससँग स्पेशल टिम ।’ चलचित्र ‘डियर कमरेड’ युटुबमा सार्वजनिक भएपछि रश्मिकाको चर्चा विश्व बजारमा भएको थियो । यसपछि, उनलाई लिएर बलिउड चलचित्र बनाउन बलिउड निर्माता कस्सिएका हुन् ।

रश्मिकाले बलिउड चलचित्रमा डेब्यू गर्न पाउँदा उत्साहित भएको भन्दै दर्शकले दिएको अपार मायाले खुशी भएको बताएकी छिन् ।

२०१६ मा कन्नड़ फिल्म ‘किरिक पार्टी’बाट चलचित्रमा अभिनय सुरु गरेकी हुन् । २०१८ मा तेलुगु फिल्म ‘गीता गोविन्दम’बाट चर्चामा आएकी थिइन् । चलचित्र ‘डियर कमरेड’ पछि अल्लु अर्जुनसंग ‘पुस्पा’ मा मुख्य भुमिका निभाएकी छिन् । २०७८ साउन २९ गते चलचित्र रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया