मौलिक संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धन का लागि ‘रुप्से झरना’ (भिडियोसहित)


काठमाडौं – नेपाली मौलिक संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनका लागि  शान्ति श्री परिवार खत्रीकाे स्वरमा रुप्से झरना सार्वजनिक भएको छ । लय, शब्द वरिष्ठ गायक बिष्णु खत्रीको रहेको छ ।

नेपालमा लोपउन्मुख बनेको पञ्चेबाजा र नेपालको लुकेर बसेको पर्यटक क्षत्रको प्रचार प्रसारको उध्यश्येमा निर्मीत रुप्से झरनामा दर्जनौ गीतमा अभिनय गरेका तुलबिर थापा र ईशु भट्टाराईको अभिनय रहेको छ ।

जापनलाई कर्मथलो बनाएका मोडल तुलबिर थापाले नेपाल बसाइमा अभिनय गरेको गीत जताततै चर्चा बटुल्ने क्रममा रहेको छ । विशेष गरेर बाग्लुङ, प्युठान, बेनी, म्याग्दी र लुकुम सिमानासम्म पुगेर छायांकन गरिएको थियो ।

म्याग्दी दाना रुप्से झरनाको निर्देशन १८ वर्षीय विनम्र खत्रीले गरेका छन् । खत्रीको यो पहिलो निर्देशित भिडियो हो । तुलविर थापा प्रवासमा कार्यरत भए पनि नेपाली गीत संगीतलाई शिरमा राखेर कार्य गर्दै आएका छन् ।

उनले आफ्नो व्यावसायीक कार्यबाहेको समय गीत, संगीत र समाज सेवामा समर्पण गर्दै आएका छन् । उनी आफै कुसल सर्जक समेत हुन् ।

 

प्रतिक्रिया