लमजुङको बेसीशहरमा सानिमा बैंकको शाखा विस्तार


काठमाडौं – सानिमा बैंक लिमिटेडले मिति २०८० जेष्ठ ८ गते लमजुङको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा गरे।

उद्घाटन समारोहमा मह जोडीले लमजुङको बेसीशहरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैकको देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा एटिएम सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया