क्याफेमै किशोरीलाई यौन धन्दामा लगाउने होटल सञ्चालक बनेपाबाट पक्राउ


बनेपा – काभ्रे प्रहरीले किशोरीहरुलाई यौनधन्दामा लगाउने एक युवकलाई पक्राउ गरेको छ  ।

बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका– ६ का २९ वर्षीय राधाकृष्ण मैनाली पक्राउ परेका हुन् ।

बनेपा–८ स्थित उक्त क्याफेमा अनैतिक क्रियाकलाप भएको उजुरी पछि सो क्याफेका सञ्चालक मैनालीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख रेशम बोहोरा जानकारीले दिए । उनका अनुसार उक्त होटलवाट अनैतिक कार्यमा संलग्न गराईएका ३ जना किशोरीहरूलाई उद्धारसमेत गरिएको छ ।

जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया