

१३ दिनपछि पती खाणलाई भेट्न परिसर पुगिन् पत्नी मञ्जु

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाण टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन् । बालकृष्ण २७ बैशाखमा पक्राउ परेकोमा मञ्जु १३ दिनपछि पहिलोपटक उनलाई भेट्न पुगेकी हुन् ।
सोमबार बिहान परिसर पुगेकी मञ्जु पनि सुरु चरणमा अनुसन्धानको घेरामा रहेकी थिइन् ।
प्रहरीले सोमबार अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदैछ । पक्राउ १६ र फरार १६ गरी ३२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष छ ।

