यार्सा संकलन गर्न जाँदा हिउँ पहिरोमा परेका थप २ जनाको शव फेला


बझाङ – यार्सा सङ्कलन गर्ने क्रममा बझाङमा गएको हिउँ  पहिरोमा परी बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।

आइतबार माथिबाट आएको हिउँ पहिरोमा परी जय पृथ्वी नगरपालिका ११ घर भएका वर्ष  १८का रमिता धामी र वर्ष १४ का जामती धामी बेपत्ता भएका थिए ।

आज बिहान उनीहरुको  शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा गएको हिउँ पहिरोमा परी सोही गाउँपालिका वडा नम्बर ३ की ३८ वर्षिया रामकोइला देवी बोहराको हिजो नै शव फेला परेको थियो ।

यस्तै घटनामा सुर्मा गाउँपालिका ३ बाबजी बोहरा र जय पृथ्वी नगरपालिका ११ घर भएका आकाश धामी घाइते भएका छन् ।

प्रतिक्रिया