

विपश्यना मेडिटेशन पुरा नगरी आमिर खान मुम्बई फर्किए

काठमाडौं – चर्चित बलिउड अभिनेता आमिर खान आज (शुक्रबार) मुम्बई फर्किएका छन्।
दश दिन लामो विपाश्यनाका लागि काठमाडौं आएका उनी बीचमै छोडेर बिहीबार बिहान इन्डिगो एयरलाइन्सको जहाजमार्फत भारत फर्किएका हुन्।
विपश्यान मेडिटेशन बूढानीलकण्ठका अनुसार साथीको निधन भएका कारण उनी बीचमै ध्यान छाडेर फर्किएका हुन्।
ध्यान केन्द्रका अनुसार आइतबार नेपाल आएका आमिरको विपश्याना मेडिटेशन आगामी मे १८ तारिखमा सकिने तालिका थियो। तर साथीको निधनको खबर आएसँगै उनी बीचमै ध्यान छाडेर फर्किएका हुन्।
आमिर विपाश्यनाका लागि आइतबार नेपाल आएका थिए । उनी १० दिनको ध्यानका लागि नेपाल आएका थिए। तर यसलाई बीचमा नै छोडेर उनी भारत फर्किएका छन्। उनी भारत फर्किसकेको पुष्टि त्रिभुवन विमानस्थल सुरक्षा सूत्रले पनि गरेको छ।

