२ लाख घुससहित प्रहरीका लेखापाल अख्तियारको नियन्त्रणमा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखापालमा कार्यरत एक प्रहरीलाई घुस रकमसहित नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत नेपाल प्रहरीका नायव निरीक्षक (सई) बिनोद विष्टलाई ५० हजार नगद तथा डेढ लाख रुपैयाँको चेकसहित काठमाडौंको नयाँबानेश्वरबाट नियन्त्रणमा लिएकाे  हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो । सइ बिष्ट घुस लिनकै लागि उनी काठमाडौं आएको प्रहरीले जनाएको छ । घुसकान्डमा अन्य प्रहरीको पनि संलग्नताको आशंका गरिएको छ ।

प्रतिक्रिया