एसपी आभुषण तिम्सिनाको राजीनामा स्वीकृत


काठमाडौं –  गृह मन्त्रालयले प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ । एसएसपी बढुवा सिफारिसमा छुटाएपछि तिम्सिनाले वैशाख १७ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए ।

गृह सचिव विनोद प्रकाश सिंहले बिहिबार उनको राजीनामा स्वीकृत गरेका हुन् । बढुवा समितिले वैशाख १५ मा १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा सिफारिसमा छुटेका तिम्सिना मेरिट लिस्टको २० औं नम्बरमा थिए ।

प्रतिक्रिया