फिल्म ‘गणपत’मा टाइगर श्राफसंग कृति सेनन


मुम्बई – टाइगर श्राफलाई लिड रोलमा लिएर विकास बहलले ‘गणपत’ नामक फिल्म घोषणा गरिसकेका छन्। यो रोलका लागि टाइगर निकै मेहनत गरिरहेका छन्। यो फिल्म मुम्बई केन्द्रित रहने छ भने अन्डरग्राउन्ड बक्सिङ पनि देखाइने बताइएको छ।

फिल्ममा टाइगरकी हिरोइन कृति सेननलाई फिल्मकी हिरोइन चयन गरिएको छ। यसको औपचारिक घोषणा केही दिनमा हुने बताइएको छ।

कृति र टाइगरले बलिउडमा एकसाथ फिल्म ‘हिरोपंती’ मा डेब्यु गरेका थिए। फिल्म हिट पनि भएको थियो। यो जोडीलाई निकै मन पराइएको थियो। तर त्यो फिल्मपछि यो जोडीसँगै देखिएको थएन।

प्रतिक्रिया