बारामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या


वीरगञ्ज – बारामा एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । महागढिमाई नगरपालिका १ निवासी ४५ वर्षीया कान्ती देवी कुशवाहाको हत्या भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

हत्या कसले र किन गरेको हो भन्ने बारेमा हालसम्म खुल्न नसकेको मिश्रको भनाइ छ ।

घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

प्रतिक्रिया