भरुवा बन्दुकसहित दुई जना पक्राउ


सप्तरी – प्रहरीले सप्तरीबाट भरुवा बन्दुकसहित दुई युवकलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीको टोलीले घरमा छापामारी गर्दा एकनाले भरुवा बन्दुकसहित दुबैजनालाई आइतबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–२, भलुवाहीका २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डल रहेको सप्तरीका डीएसपी एव प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए । पक्राउ परेका दुवै युवकमाथि आवश्यक अनुसन्धान गरिरहेको डीएसपी साहले बताए ।

प्रतिक्रिया