

सईदविरुद्ध अदालतको गैर जमानत वारेन्ट जारी, काे हुन् उनी!

काठमाडौं – दिल्लीमा नेशनल इन्भेष्टिगेशन एजेन्सी कोर्टले लश्कर ए तैयबा चीफ र २६/११ मुम्बई हमलाका मास्टरमाइण्ड हाफिज सईदविरुद्ध गैर जमानत वारेन्ट जारी गरेको छ ।
कोर्टले जम्मू कश्मीरमा टेरर फण्डिंगसँग जोडिएको मनी ल्याड्रिंग केसमा इडीको आरोपमा हाफिजसमेत अन्य तीन जनाविरुद्ध यो फैसला लिएको हो ।
उनी अहिले पाकिस्तानको जेलमा रहेका छन् । उनलाई मुम्बईमा भएको आतंककारी हमलाका मुख्य आरोपी थिए । यसमा १६६ जनाको मृत्यु भएको थियो । एजेन्सी

