दुर्गेश थापाविरुद्ध उजुरी


काठमाडौं – बेलाबखत विवादमा आईरहने कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफुमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले सोमबार महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन् । थापा, अवि रायमाझी र रोशन सिंहविरूद्ध उजुरी परेको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उजुरी परेपछि दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको छ ।

प्रतिक्रिया