

डिएसपी ढुंगेल साधारण तारेखमा रिहा, धरौटी के हुन्छ?

काठमाडौं– नेपाल प्रहरी नायव उपरिक्षक (डीएसपी) कुमोद ढुंगेललाई सर्वोच्च अदालतले साधारण तारिखमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंको आदेशलाई उसले सदर गरेको हो।
पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगाना न्यायाधीशले ढुंगेललाई जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा छाड्न दिएको आदेशलाई सदर गरेको हो।
उच्च अदालत पाटनले १६ पुस २०७७ मा १ लाख धरौटी मागेपछि उनी उक्त आदेशविरुद्ध २०७७ माघ ७ मा १७ नम्बर निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।
काठमाडौंको रानीबारीका लालेन्द्र शेरचनको घरमा भएको डकैती गर्नेमध्येका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाउनुका साथै भेटघाट गरेको बयानका आधारमा निलम्बनमा परेका थिए।


