

आँधिखोला र सिवाइसी लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
दुवै कम्पनी एक आपसमा गाभिए पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।
जसकाकारण धितोपत्र बोर्डलाई कारोबार रोक्का गर्न आँधीखोलाका कम्पनि सचिव बाबुराम कुवँरले धितोपत्र बोर्डलाई अनुरोध गरेका छन् ।

