

अनेसास मेरिल्यान्ड अध्यक्षमा नायिका चन्द

काठमाडाैं – अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन्।
समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाहीसहितको कार्यसमिति गठन भएको छ ।
समितिको पहिलो बैठकले डा श्याम कार्की, डा हयारी भण्डारी, गौतम दाहाल, डा उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरेको छ । निवर्तमान अध्यक्ष भरत वराईलीको अध्यक्षतामा भएको सम्मेलनमा वोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तथा साहित्यकार तीर्थ पाण्डेय लगायतले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
यसै बीच अनेसासको पाँचौ अन्तर्राष्ट्रिय च्याप्टर तथा महिला सम्मेलन आगामी मार्च १० देखि १२ तारिखसम्म अमेरिकाको वोष्टनमा हुँदैछ । उक्त कार्यक्रमको तयारी पूरा भएको जानकारी अनेसासका अध्यक्ष गोवद्र्धन पूजाले दिए ।

