

एकैदिन ४ सय रुपैयाँ प्रतितोलाले घट्यो सुनको मुल्य

काठमाडौं — साताको पहिलो दिन आइतबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको दर ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम रहेको छ ।
अघिल्लो दिन शुक्रबार मात्रै १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजाबि सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
त्यसैगरी चाँदी १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा झरेको छ ।

