


‘शिवम् सँग उपहार टन्न’ उपहार योजनाको दोस्रो चरणको लक्की–ड्र सम्पन्न

काठमाडौं – शिवम् सिमेन्टद्वारा “शिवम् सँग उपहार टन्न”उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्तातर्फ ३०जना र विक्रेतातर्फ ४०जना) विजेताहरुको नाम लक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।
यस अघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको छनौट गरिसकेको थियो । हालसम्म लक्की–ड्रबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यसाली विजेता बनि सकेका छन् भने Sure short पुरस्कार मार्फत १ लाख ५० हजार भन्दा बढिले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन् ।
शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि “शिवम्सँग उपहार टन्न”नामक नेपालकै सर्वाधिक धन राशिको उपहार योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्र्याच कुपन प्राप्तगरि रु. २००÷– देखि रु. ५००÷– सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको थियो । यस योजनामा छोटो समयमै उल्लेख्य संख्यामा सहभागिता रहेकोे थियो ।
दोस्रो महिनाको लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली जोडी बाग्मती–पोखरा क्षेत्रबाट विकास कोईराला र उपत्यका बाहिरबाट रामप्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन्् भने, दोस्रो पुरस्कार अन्तर्गत दियालक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनककुमार झा सहित ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन ।
तेस्रो पुरस्कार अन्र्तगत फेवा कन्ष्ट्रक्शन, दिपेन्द्र कुमार झा, केशवकुमार, शर्मिला के.सी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कार वापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन् । त्यस्तै सम्पन्न लक्की–ड्र कार्यक्रममा पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

