

प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री रावलले बुझाए राजीनामा

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजीनामा बुझाएका छन्। प्रदेश प्रमुख देवराज जोशीलाई मुख्यमन्त्री राजेन्द्रसिह रावलले आज राजिनामा बुझाएका हुन्।
संविधानमा गरिएको व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिन नसकेपछि उनी आजै पदमुक्त भएका छन्। रावल गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

