बाजुरामा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु


बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएकाे छ ।

हिजाे स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विककाे माटाेकाे ढिस्कोले पुरिएर ज्यान गएकाे हाे ।

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनकाे ज्यान गएकाे वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए ।

प्रतिक्रिया