पर्खाल प्वाल पारेर भाग्ने थप २ जना पक्राउ, अझै ३ जना फरार


काठमाडौं – इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल प्वाल पारेर फरार भएकामध्ये थप दुई जना पक्राउ परेका छन्।

गत सोमबार इलाका प्रहरी कार्यालयको हिरासतबाट पर्खाल प्वाल पारेर ६ जना भागेका थिए । ती मध्ये एक जनालाई मंगलबार नै प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले थप दुई जनालाई पक्राउ गरेको हो। कुटपिट मुद्दाका फरार थुनुवा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरदीप सिंहलाई आज बिहान पक्राउ गरिएको हो।

यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डललाई भने मंगलबार नै पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ। उनलाई शान्तिविरुको अपराध मुद्दा चलिरहेको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अझै तीन जना फरार रहेका छन्। उनीहरुको खोजतलासको कार्य तीव्र चलिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया