


थुनुवा फरार प्रकरण : प्रहरीद्वारा दुईवटा छानबिन समिति गठन

काठमाडौं – धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएको घटनाको छानबिन गर्न प्रहरीले दुईवटा समिति बनाएको छ ।
आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएपछि उक्त विषयमा छानविन गर्न प्रहरीले समिति गठन गरेको हो ।
हिरासतमा रहेको थुनुवाले भित्ता फोरेर फरार भएपछि उक्त समयमा डिउटी बसेका तीन जना प्रहरी जवानलाई निलम्बन गरिएको प्रहरीले जनाएकाे छ । त्यसैगरी इलाका उक्त प्रहरी कार्यालयका इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको छ ।
आइतबार फरारभएका मध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका २ नक्टाझिज बस्ने रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अन्य ५ थुनुवा अझै पनि फरार छन् ।

