


प्रतिनिधिसभाको बैठक भोलि बस्दै

काठमाडौं – संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक भोलि (बुधबार) बस्ने भएको छ ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको जनाइएको छ ।

