बर्दियामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


बर्दिया – बर्दियाको बाँसगढी नगरपालिका-५ मा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-२ का ५६ वर्षीय भागिराम थारु रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका थारुको नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो।

भे ४ प ५१७६ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले जानकारी दिएको छ।

प्रतिक्रिया