चन्दा उठाएको आरोपमा कपिलवस्तुबाट चार जना पक्राउ


कपिलवस्तु – चन्दा उठाएको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित चार जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनीहरूलाई चन्दा उठाएको रकमसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोर्चाका संयोजक विकरान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज विपिन विक, बृजेश गिरी र सुग्रिम रैदास रहेको प्रहरीले जनाएको छ।

गत कात्तिकमा कपिलवस्तुमा दुईवटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रूपमा चन्दा उठाएको आरोपमा उनीहरूलाई पक्राउ प्रहरीको भनाइ छ। उनीहरूमाथि गत २२ कात्तिकमा दुईवटा ट्रक र एउटा मोटरसाइकलमा श्रङ्खलावद्ध आगजनी गरेको आरोप छ।

ती गाडी जलाएका तीनवटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक विकरान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्द लगायतका विभिन्न सात बुँदे मागसहितको पर्चाहरू प्रहरीले फेला पारेको थियो।

प्रतिक्रिया