कुटपिट भएको भन्दै प्रहरीमा पुगिन् सुष्मा


काठमाडौं – अभिनेत्री तथा मोडल सुष्मा कार्कीले आफूमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै उजुरी लिएर प्रहरीकोमा पुगेकी छन् । कार्कीले काठमाडौंको ‘लन्डन पब’मा आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरीमा पुगेकी हुन्।

आफुसँग सबै रेकर्ड भएको बताउँदै उनले आफूमाथि उत्सबले गालीगलौज गरेको र स्वेताकी बहिनीले कुटपिट गरेको जनाएकी छन् ।

उनले स्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् । आफूमाथि दुव्र्यवहार भएको समयमा स्वेता र श्रीमान पनि साथमा रहेको उनको भनाई छ । यस विषयमा आफुले छिट्टै पुर्ण जानकारी गराउने अभिनेत्री कार्कीले बताइन् ।

‘हिजो आफू माथि अभद्र व्यवहार भएको भन्दै आउनु भएको थियो। हामीले अनुसन्धान गरिरहेका छौँ ।’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले भने। यस विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया