

कंगना रनौतविरुद्ध मानहानिको मुद्दामा अदालतले पठायो पत्र

मुम्बई – बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध अदालतले पत्र पठाएको छ । भारतका चर्चित गीतकार तथा लेखक जावेद अख्तरको मानहानिको मुद्दामा सुनुवाइ गर्दै कंगनालाई आफ्नो बयान दर्ता गराउन उपस्थित हुनका लागि अदालतले पत्र पठाएको हो ।
जावेदले सन् २०२० नोभेम्बरमा कंगनाविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका थिए । कंगानाले आफूविरुद्ध विवादित बयान दिएका कारण आफ्नो पहिचानमा खराब असर पुगेको अख्तरको भनाइ छ।
२०२० को डिसेम्बरमा जुहु प्रहरीलाई जावेदको मानहानिको आरोपमा थप छानबिन गर्न अन्धेरीको मेट्रोपोलिटन मजिस्ट्रेटले निर्देशन दिएको भारतिय संचारमाध्यमले जनाएका छन् । यसपछि अदालतले सोमबार कंगनालाई मार्च एकमा अदालतमा उपस्थित हुन निर्देशन दिएको छ।
टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफ्नोबारेमा आपत्तिजनक बयान दिएको आरोप जावेदले लगाएका थिए । कंगनाले यसबारे कुनै जवाफ दिएकी छैनन् ।

