चलचित्र ‘आदिपुरुष’ आजबाट छायांकनमा


मुम्बई – चलचित्र ‘आदिपुरुष’ आज (फेब्रअरी २) बाट छायांकनमा गएको छ । चलचित्रमा अभिनेता सैफ अली खान र प्रभासको महत्वपूर्ण भुमिका रहेकाे छ । निर्देशक ओम राउतले ट्वीटमार्फत चलचित्र फ्लोरमा गएको जानकारी दिएका हुन् ।

आदिपुरुषको संसार देखाउन अन्तर्राष्ट्रियस्तरको तयारी रहने निर्माता प्रसाद सुतारले यसअघि नै बताइसकेका छन् । आदिपुरुष एउटा ठूलो मिसन भएको उनले बताएका थिए । चलचित्र सन् २०२२ अगस्ट ११ मा रिलिज गर्ने तयारी रहेको बलिउड हंगामाले उल्लेख गरेकाे छ ।

प्रतिक्रिया