

रिलिज अगावै ‘पठान’ले कमायो १४.६६ करोड

नयाँ दिल्ली – बलिउड नायक शाहरुख खानको फिल्म ‘पठान’ले रिलिज अगावै १४.६६ करोड कमाएको छ। फिल्म जनवरी २५ तारिखमा रिजिल हुँदैछ। अहिले फिल्मको बुकिङ तीव्ररुपमा भइरहेको छ। फिल्मको टिजर रिलिज भएदेखि फ्यानहरुका लागि फिल्म प्रतिक्षाको विषय बनेको हो।
फिल्मको पहिलो गीत ‘बेसरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा ल्यायो। गीतले अश्लीलतालाई प्राथमिकता दिएकोसम्म आरोप लागेको थियो। कतिपयले हिन्दुहरुको भावनामा चोट पुर्याउने समेत बताएका थिए।
मन पर्ने नायकलाई पर्दामा हेर्न शाहरुखका फ्यानहरु हजारौं मूल्यमा टिकट बुक गरिरहेका छन्। २० जनवरीबाट अग्रिम बुकिङ सुरु भएदेखि फिल्मको टिकटको मूल्य पनि आकाशिएको छ। तर पनि शाहरुख खानका फ्यानहरु उनलाई पर्दामा हेर्न आतुर छन्। गुरुग्रामको एम्बियन्स मलमा पठानको टिकट २४००,२२०० र २००० रुपैयाँमा बिक्री भइरहेको छ।
महँगो टिकट भए पनि सबै शो खचाखच भरिएका छन् । भारतको राजधानी नयाँ दिल्लीको केही मल्टीप्लेक्समा टिकट २१०० रुपैयाँमा बिक्री भइरहेको छ। यसको साथै बिहानी शोको टिकट एक हजार रुपैयाँ पनि बिक्री भइरहेको बताइको छ। तर, महंगो टिकट बाबजुद पनि फिल्म पठानका लागि अग्रिम बुकिङले रेकर्ड तोडिरहेको छ।
‘पठान’को हिन्दी र तेलुगु संस्करणको टिकट सबैभन्दा बढी बिक्री भइरहेको छ । फिल्ममा शाहरुख खानको फरक अवतार देखिनेछ। शाहरुखले आफ्नो फरक अवतार देखाउन निकै मेहनत गरेका छन्। पठानमा शाहरुख अभिनेत्री दिपीका पादुकोणसँग रोमान्स मुडमा देखिनेछन्। अर्का अभिनेता जोन अब्राहम पनि मुख्य भूमिकामा रहेका छन्।

