


शेयर बजारमा सामान्य वृद्धि, ५.७१ अंकले परिसूचक बढ्दा ३ अर्ब बढी कारोबार

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य बढेको छ । दिनभर उतारचढाव भएको बजार अन्तिम समयमा ५.७१ अंकले बढेर बन्द भएको हो । सेयर बजार २१७८.८१ बिन्दुमा पुगेर रोकिएको हो ।
बैकिङ, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो भने अन्य उपसूचकहरु घटेका छन् । बिहीबार २४६ धितोपत्रको ५८ हजार ६६५ वटा कारोबारबाट ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको छ । बिहीबार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ ।
यस दिन आदर्श लघुवित्त र मैलुङ खोला जलविद्युतको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । निफ्रा, ग्रीन भेन्चर, स्वेत गंगा हाइड्रो समेत धेरै मूल्य बढ्ने कम्पनीमा रहे । कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा धेरै ८.८९ प्रतिशतले गुमाए ।

