

प्रहरीका ६ इन्स्पेक्टरको काज सरुवा, दिपेन्द्र चन्द बुढानिलकण्ठ पुगे (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) हरुको काज सरुवा गरेको छ ।
प्रधान कार्यालयका अनुसार विभिन्न स्थानका ६ इन्स्पेक्टरको काज सरुवा भएको हो ।
इन्स्पेक्टर दीपेन्द्र बहादुर चन्दलाई बुढानिलकण्ठ प्रहरी प्रभाग पठाइएको छ । उनी यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो पिल्लर २ मा कार्यरत थिए । त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा अनिल ठकुरीलाई पठाइएको छ ।
त्यस्तै साकारराज पन्त, केशव केसी, गजेन्द्र रावल र युवराज जंग कार्कीको पनि सरुवा भएको छ ।

