पल शाहविरुद्ध मुद्दाको सुनुवाइ माघ ३ गते हुने


काठमाडौं – अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको सुनुवाइ माघ ३ गते हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको जिल्ला अदालत तनहुँले जनाएको हो ।

बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । नायक शाहमाथिको मुद्दामा नवलपुर अदालतको फैसला माग गरी हाल थप अनुसन्धान भइरहेको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । बाल यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत नवलपुरमा नायक शाहविरुद्ध पनि मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दामा जिल्ला अदालत नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्ष कैद सजाय तोकेको थियो । माघ ३ गते तनहुँ अदालतले पनि सफाइ दिने वा कैद सजाए तोक्ने फैसला हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया