

जथाभावी हर्न बजाउने १०७ जना चालकलाई कारबाही

काठमाडौं – जथाभावी हर्न बजाएर ध्वनी प्रदुषण गर्ने १०७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यकामा सोमबार गरिएको विशेष चेकिङका क्रममा चालकहरू कारबाहीमा परेका हुन्। २०७४ वैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिएको थियो।
पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाहीलाई तीव्रता दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

