प्रदेश १ सरकारको पहिलो निर्णय : मन्त्रालय संख्या घटाउने


काठमाडाैं – नवगठित प्रदेश १ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको मन्त्रालय ९ वटा बनाउने निर्णय गरेको छ ।

सपथग्रहण पछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले हाल रहेको १३ वटा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने, शीतलहरबाट जनतालाई जोगाउन पूर्वतयारी गर्ने, सेवा प्रवाह सुधार ल्याउन प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने,लगायत निर्णय गरेको हो ।

मन्त्रालय र मन्त्रीहरू धेरै भएको जनगुनासोलाई विचार गरेर मन्त्रालयको संख्यालाई घटाएर नौ वटामा कायम गर्न आवश्यक प्रक्रिया शुरु गर्ने निर्णय गरिएको विनाविभागीय मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया