३ केजी अफिमसहित कलंकीबाट एकजना पक्राउ


काठमाडौं — काठमाडौं महानगरपालिका–१४ कलंकीबाट ३ केजी अवैध लागूऔषध अफिम सहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने ५१ वर्षीय माईला भन्ने म्याक्स लोलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट उक्त परिमाणको अफिम फेला पारी पक्राउ गरेको हो । म्याक्स उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक कानुनी कारवाही अघि बढाइने उक्त ब्यूरोले जनाएको छ ।

त्यस्तै झापाको चुलाचुली गाउँपालिका–३ बस्ने ३८ वर्षीय यम बहादुर थाम्सुहाङ लिम्बुलाई १.८० ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

झापा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरभित्र लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया