


१८ वर्षीया किशोरीलाई जबरजस्ती करणीको अभियोगमा २ युवक पक्राउ

कैलाली – १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । हाल फरार कृष्ण राउतको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

