हिरासतमा रहेका उपरथी शाहीलाई स्वास्थ्य परिक्षणका लागि लगियो सैनिक अस्पताल


काठमाडौं – सैनिक प्रहरीको हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई स्वास्थ्य परिक्षणका लागि सैनिक अस्पताल लगिएको छ ।

आर्थिक अनियमितताको उजुरी परेपछि आरोपमा सैनिक प्रहरीको नियन्त्रणमा रहेका शाहीलाई नेपाली सेनाले ब्यारेकमै बस्न निर्देशन दिएको छ ।

सैनिक प्रवक्ता सहायक रथी कृष्ण भण्डारीका अनुसार नियन्त्रणपछि स्वास्थ्य परिक्षणका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको हो । उनलाई अनुसन्धान नसकिएसम्म जंगी अड्डाकै ‘उपयुक्त स्थानमा’ राखिने जनाइएको छ ।

उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको भन्दै नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमा सर्वोच्चले उनको पक्षमा फैसला गरेसँगै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो। सर्वोच्चले पदावधि नथपेको भए उनी पुस २० गते अर्थात् भोली बुधबार उमेर हदका कारणले अवकाशमा जाँदै थिए।

प्रतिक्रिया