१ लाख ६९ हजार नगदसहित ९ जना जुवाडे पक्राउ


काठमाडौं – काठमाडौंको मित्रनगरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन भरतपुर महानगरपालिका-१८ घर भइ हाल काठमाडौं महानगरपालिका-२६ मित्रनगर डेरा गरी बस्ने ६६ वर्षीय होमनाथ ढकालको कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार रुपैयाँ र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया