

ऋणको ब्याजदर घट्याे

काठमाडौं – वाणिज्य बैंकहरूले ऋणमा दिने ब्याज ३ प्रतिशतसम्म सस्तो भएको छ । बैंकहरूले अघिल्लो वर्ष ऋण लगानी गरेको रकमको ब्याजदर यो वर्ष ३ प्रतिशतले घटेको हो ।
अहिले बैंकहरूले आधार दरमा निर्धारित प्रतिशत विन्दु बराबरको जोखिम प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्दै आएका छन् । आधार दर घट्ने बित्तिकै त्यस्तो ऋणको ब्याजदर स्वतः घट्नेछ । बैंकहरुको आधार दर यो अघिल्लो वर्षभन्दा ३ प्रतिशत सम्मले घटेको बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।
यद्यपि अहिले पनि सबैभन्दा कम आधारदर भएको बैंक भने राष्ट्रिय वाणिज्य बैंक नै हो । आधार दर बढी भएका बैंकहरुको पनि ऋणमा लिने औसत ब्याजदर एकल अंकमै छ ।
कुन बैंकको आधारदर कति ? (तालिका)


