
बागमती प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि तय
काठमाडौं – बागमती प्रदेशसभाको ११औं अधिवेशन यही पुस १८ गते बोलाइएको छ। जेष्ठ सदस्य ढुङ्गानले प्रदेश प्रमुखको कार्यालयले अधिवेशन आह्वान गरेको जानकारी गराएका थिए।
बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रमुख यादवचन्द्र शर्माले यहि पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका थिए।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको हो। 



कागजपत्र |
