

चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

काठमाडौं – चोरीको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले मंगलबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाउँपालिका ४ घर भई हाल काठमाडौंको जोरपाटी बस्दै आएका २३ वर्षीय करण बोम्जन र मकवानपुर बागमती गाउँपालिका ४ घर भई हाल काठमाडौंको गोठाटार बस्दै आएका २६ वर्षीय नविन लोप्चन रहेका छन् ।
मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

